चर्चामा आए लगत्तै विवादमा र्‍यापर जि-बब, लागू औषधको आदी भएपछि रिह्याबमा लगियो

चर्चामा आए लगत्तै विवादमा र्‍यापर जि-बब, लागू औषधको आदी भएपछि रिह्याबमा लगियो

काठमाडौँ :  र्याप ब्याटलबाट चर्चामा आएका युवा र्यापर जि बब रिह्याव सेन्टर गएका छन्। आहा गोल्ड कपको फाइनल हेर्न पोखरा पुगेका उनी नशामा चुर भएको भिडियो सार्वजनिक भएपछि उनको परिवारले रिह्याब पठाएको हो।

उनी पोखराबाट बुधवार काठमाडौँ आइपुगेका थिए। काठमाडौँ आएर गोदावरीमा रहेको घर पुगेपछि उनले आफू सुध्रन तयार रहेको बताएपछि परिवारले रिह्याबमा पठाउने निर्णय गरेको हो।

'सबै ठिकै थियो। गीत गाएर चर्चामा पनि आएको थियो,' सार्वजनिक भएको भिडियो क्लिपमा उनको आमाले भनिन्' पोखरा गएपछि सबै बिग्रिएछ। उमेर छ। सुध्रिए राम्रो।'

भिडियो क्लिपमा जि बब नामले परिचित सुदिप भण्डारी २० वर्षका भए। उनी अल नेपाल थग फेमिली(एएनटिएफ)ले आयोजना गरेको र्याप ब्याटलमा 'मिलेन लेबल तेरो....बोला' भन्दै र्यापर माइलासँगको ब्याटलबाट र्याप प्रेमीमाझ भाइरल भएका थिए।

तर चर्चामा आए लगत्तै सार्वजनिक स्थानमा समेत झ्याप भएर हिँड्दा उनको नशाको स्वभाव सार्वजनिक भयो।

सार्वजनिक भएको भिडियो क्लिपमा जि बबले आफू केही समय रिह्याबमा बसेर सबै नसाको बानी हटाएर फ्रेस भएर सङ्गीत क्षेत्रमा फर्कने बताएका छन्।

'म रिह्याबमा बसेर नशाको किरा फ्याकेर आउनेछु। नयाँ-नयाँ लिरिक्स लेख्नेछु। गीत बोलेर आउनेछु,' उनले भने। उनी कुन रिह्यावमा छन् भन्ने खुलेको छैन।

पूर्व म्यानेजरसँग विवाद
जि बब आफैले अमृत लामालाई म्यानेजरको रूपमा चिनाउँदै आएका थिए। उनी पोखरा उनै लामासँग गएका थिए। तर पोखरामा उनको लामासँग पनि विवाद भयो।

अमृतले आफ्नो नामको सबै सोसल मिडिया अकाउन्ट कब्जा गरेको र त्यसैबाट कसैलाई गाली गर्ने, पैसा माग्ने गरेको भन्दै उनले इन्स्टाग्राम बाहेक अन्य अकाउन्टबाट आउने सन्देश आफ्नो नभएको बताएका थिए।

यतिमै मात्र विवाद रोकिएन। उनले लामाले मार्ने धम्की दिएको दाबी समेत गरेका थिए। 

माघ २०, २०७८ बिहीबार १०:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।