देशका धेरै ठाउँमा मेघ गर्जनसहित पानी पर्ने, सतर्कता अपनाउन अनुरोध 

देशका धेरै ठाउँमा मेघ गर्जनसहित पानी पर्ने, सतर्कता अपनाउन अनुरोध 

काठमाडौं : पश्चिमी बायुको प्रभावले देशका पहाडी भूभागको मौसम आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागले मौसम बुलेटिन निकालेर सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थान तथा गण्डकी र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा हुने जानकारी दिएको छ। 

अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

सुदूरपश्चिम, कर्णाली , लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा तथा बागमती प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुने अनुमान विभागले गरेको छ। 

विभागका अनुसार राति देशभरको सामान्य देखि पूर्ण बदली रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन विभागले अनुरोध पनि गरेको छ। 

माघ २०, २०७८ बिहीबार ०७:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।