रोडिजमा अनुपलाई दियाको चुनौती' भाइ आउट गर्न सके गर न'
दोस्रो टाक्समा पनि टिम रेड दोस्रो नै भयो। तर खेलमा आएको ट्विस्टले आफ्नो एक टिम मेम्बर गुमायो। लाहुरेको टिम ग्रिन लास्ट भएकाले इलिमेनेसनमा पर्ने पक्का भयो। टिम ब्लु दोस्रो टास्कको विजेता भएकाले जोगिए।
कार्यक्रमको प्रारम्भमै पहिलो टाक्सको विजेता भएर पनि केही सुविधा नपाएको भन्दै दिया रिसाइन्। न टिम मेम्बर सुरक्षित भएर हार्ने टिमका बाहिरिए न अन्य केही। यो अनुभव हुन पनि एक हप्ता लागेको भन्दै दियाले आफैलाई गैडाजस्तो बुद्धि भनिन्।
जित्दा केही नहुने अनि हार्दा नि केही नहुने भए किन गेम खेल्ने ? दियाको प्रश्नमा लाहुरेको उत्तर थियो' एक गेम जित्दैमा सुनको माला दिने त ?' उनको उत्तरले दिया रिसाइन्।
उनले एक सुविधा पाइन् आजको टाक्सको टिमको क्रम छान्ने। उनले अनुपसँग बदलालिदै रेड टिमलाई पहिलो टाक्समा छानिन्। ग्रिन अनि ब्लु। पहिला टाक्स खेल्ने प्राय अलमलिन्छन्। लास्ट खेल्नेले आइडिया पाउँछ। भयो त्यही।
१० वटा अन्डा प्लेटमा बोलेर विरोधी टिमका सदस्यले रोक्न खोज्दा जोगिएर अवरोध छल्दै घण्टीसम्म पुग्ने टास्क थियो। दियाको टिमले दोस्रो सुविधा पायो दोस्रो टाक्स खेल्नु नपर्ने। डबल सुविधा। अनि उनको टिमको सबै सुरक्षित।
तीन टिम भिड्दा कसैले नि अन्डा त जोगाउन सकेनन् तर घण्टीसम्म पुगेको समयको आधारमा लाहुरेको टिम अन्तिम भयो। दोस्रो भएर पनि अनुपको टिमको सदस्य जोगिएनन्। सुरक्षित भएको २ टिम एल्लो र ब्लु मिलेर लाहुरे र अनुपको टिम मेम्बरलाई भोट आउट गरेर ३-३ सदस्यमा खुम्च्याइदिए। अनुपले एल्लोसँग बदला लिन्छु भन्दा दियाले भनिन्' सके आउट गर भाइ गर।'
माघ १८, २०७८ मंगलबार २३:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।