कर्णाली प्रदेश सभाबाट पाँच अध्यादेश स्वीकृत

कर्णाली प्रदेश सभाबाट पाँच अध्यादेश स्वीकृत

बैठकमा सभामुख राजबहादुर शाहीले प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टलाई ‘कणाली प्रदेश विनियोजन अध्यादेश, २०७८’ र ‘कर्णाली प्रदेश आर्थिक अध्यादेश २०७८’ र ‘कर्णाली प्रदेश खेलकुद विकास पहिलो संशोधन अध्यादेश, २०७८’ स्वीकृतका लागि सभामा प्रस्ताव गर्न समय दिएका थिए।

उक्त विधेयक मन्त्री विष्टले पुस २८ गते प्रदेश सभामा पेश गरेका थिए। पेश भएका कुनै पनि अध्यादेशमा विरोधको सूचना नआएपछि सभामुख शाहीले तीन वटै अध्यादेश सर्वसम्मतिले स्वीकृत गरिएको जानकारी गराएका थिए।

त्यस्तै, कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले प्रस्ताव गरेको ‘प्रदेश लोक सेवा आयोग दोस्रो संशोधन अध्यादेश, २०७८’ र ‘प्रदेश लोक सेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवाका शर्त र सुविधा सम्बन्धी अध्यादेश, २०७८’ पनि सभाबाट सर्वसम्मत स्वीकृत गरिएको छ।

प्रदेश सभाको अर्को बैठक माघ २३ गते दिउँसो १ बजे बस्ने सभामुख शाहीले जानकारी दिए। 

माघ १८, २०७८ मंगलबार २१:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।