'मिलेन लेबल' भन्ने भाइरल र्यापर जि-बब झ्यापमा भेटिए पोखरामा
अल नेपाल थग फेमिली(एएनटिएफ)ले आयोजना गरेको र्याप ब्याटलमा 'मिलेन लेबल तेरो....बोला' भन्दै र्यापर माइलालाई अट्याक हानेको उनको यही लाइन हो भाइरल भएको। त्यही ब्याटलमा उनी भन्छन्' खाए त गाँजा आफ्नै बाउँको खाँए'
उनै भाइरल र्यापर जि-बबको अर्को भिडियो पनि भाइरल भइरहेको छ टिकटकमै। जसमा उनका एक फ्यान समीर भट्टराइले उनलाई पोखरामा भेट्छन् र भिडियो बनाउँछन्। उनले यूट्युवमा नि भिडियो राखेका छन्।
उनलाई सन्चै हुनुहुन्छ भनेर सोध्दा सन्चै छु पनि भन्न सक्दैनन्। कहिले आएको भनेर सोध्दा अस्ति भन्छन् लर्बरिएको स्वरमा। कति दिन बस्ने भन्दा ४-५ दिन भन्छन्। उनी झुलिरहेकै छन् भिडियोमा।
उनले सोध्छन्' भाइ मेरो फ्यान हो?' दुबैबिच कुराकानी हुँदैजाँदा जि-बब उठेर अँगालो मार्छन्।
भट्टराईले दाईसँग भेटियो फाइनल्ली भन्छन्। तर जिब्रो लट्पटिएर जि-बबले फाइनल्ली नि भन्न सक्दैनन्। भिडियोमा उनी झ्याप देखिन्छन्। 'फा...फाइ...फाइनली भेटियो, फाइनल्ली भेटियो केटा हो' भन्छन् बल्ल।
जि-बब उपनामले चर्चामा आएका युवा हुन् सुदीप भण्डारी। उनी गोदावरीका हुन्। उनी र्यापमा सक्रिय भए पनि र्यापका श्रोतामाझ परिचित भइसकेका थिएनन्। तर र्याप ब्याटलमा उनको रायम्स् र फ्लो धेरैले मन पराए र रातारात हिट भए। जति चाँडो हिट भए त्यति चाँडो विवादमा पनि आए झ्याप भएर सार्वजनिक स्थानमा बस्दा।
र्यापर र लागू औषध
जति नयाँ र्यापर आए लागु औषधले समस्यामा पार्दै आएको देखिन्छ। नशामा लट्ठ भएर भिटेनले दरबारमार्गमा केही समय अगाडि पैसा फ्याकेर बबाल गरेका थिए। साकारको उस्तै समस्या देखियो। उनलाई रिह्याबमै राख्नुपरेको थियो। र्यापर लाहुरे खैरो हेरोइनसहित समातिएर प्रहरी हिरासतमा छन्।
५:५५ मा पनि यही समस्या देखियो। उनी चर्चामा आउँदै ओझेल पर्न थाले। यम बुद्धको सुसाइडमा कुनै न कुनै रूपमा लागु औषध जोडिएको थियो। अहिले उदाउँदै गर्दा नै जि-बब विवादमा आए। यसले र्यापर हुन लागू औषध खानै पर्छ भन्ने गलत सन्देश गएको देखिन्छ।
माघ १८, २०७८ मंगलबार २१:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।