शनिबार १५ मंसिर, २०८१
रणवीर-आलिया भोलिबाट 'रकी और रानीकी प्रेम कहानी'को सुटिङमा
चलचित्र पछिल्लो समय खुबै चर्चामा छ। भारतको गोरेगाउँ फिल्म सिटीमा छायांकन हुन गइरहेको चलचित्रका लागि दुवै कलाकारको १२ दिनको सेड्युल मागिएको छ। यसबीच गीत र केही सिनको छायांकन हुनेछ।
करण जोहरको निर्देशनमा बन्न लागेको चलचित्र यसअघि १० जनवरीमा कोरोनाको बढ्दो सङ्क्रमणका कारण सुटिङ रोकिएको थियो।चलचित्रमा रणवीर-आलियासँगै पुराना नायक धर्मेन्द्र, नायिका जया बच्चन, शबाना आजमीलगायत मुख्य भूमिकामा छन्।
चलचित्र फेब्रुअरी २०२३ मा रिलिज हुने बताइएको छ।
माघ १८, २०७८ मंगलबार १९:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।