चाम्सको फिल्ममा बधु बन्दै आँचल तर वर पाएनन्
काठमाडौँ : नायिका आँचल शर्मा निर्देशक मिलन चाम्सको फिल्म ‘बर एन्ड बधू’ मा बधू बन्ने पक्का भएको छ। निर्देशक चाम्सले आँचललाई बुको भूमिकामा अनुबन्ध गरेका हुन्।
फिल्मले अझै बर भने पाएको छैन। बरको भूमिकामा नयाँ कलाकारको खोजी भएको निर्माण टिमले बताएको छ। चाम्स 'गोर्खा वारियर–२' को निर्माणमा व्यस्त छन्।
निर्माण टिमका एक सदस्यका अनुसार 'बर एन्ड बधू' कमेडी लभ स्टोरीमा आधारित फिल्म हो। फिल्म फागुनको तेस्रो साताबाट फ्लोरमा जाने निर्माण पक्षको योजना छ।
एल आर के इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्मका अन्य कलाकार र प्राविधिक केही दिनमै एक कार्यक्रम मार्फत सार्वजनिक गर्ने निर्माण युनिटले जनाएको छ। विवाहपछि यो आँचलको पहिलो फिल्म हो।
माघ १८, २०७८ मंगलबार १८:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।