'टाइगर ३' सुटिङको अन्तिम चरणमा, सलमान अब 'दबङ ४' वा 'भाइजान'मा व्यस्त हुने
एजेन्सीः बलिउड अभिनेता सलमान खान र अभिनेत्री कटरिना कैफ यतिबेला 'टाइगर ३'को सुटिङको अन्त्य अन्त्यमा छन्। फिल्मको अन्तिम भागको सुटिङ १२ फेब्रुअरीबाट सुरु हुँदैछ।
कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका कारण टाइगरको सुटिङ एक महिना पछि ढकेलिएको थियो।
यो चलचित्र यी दुवै कलाकारको जीवनमा हालसम्मकै लामो अवधिमा सुटिङ हुन गइरहेको छ। सलमान र कटरिनासँग निर्माण पक्षले ७५ देखि ८० दिन माग गरेको छ। यस्तै दिल्लीको इम्पेरियल होटलमा चलचित्रको महत्त्वपूर्ण सिक्वेन्स सुट हुनेछ।
यो सुट सकिएपछि भने सलमानले एक महिनाको रेस्ट लिनेछन्। त्यसपछि उनी या त 'दबङ ४' या 'भाइजान'को सुटमा पुनः व्यस्त हुनेछन्। भारतीय सञ्चारमाध्यमहरूले भने उनले तत्काललाई भाइजान रोज्ने बताइएको छ।
माघ १६, २०७८ आइतबार ०९:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।