घोडाह जङ्गलमा फेला पर्यो महिला र बालिकाको शव, हत्याको आशङ्का
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले अन्दाजी ३५ वर्षकी महिलासँगै अन्दाजी ७ वर्षकी बालिका मृत अवस्थामा भेटिएको जानकारी दिए।
पूर्वपश्चिम राजमार्गदेखि करिब २५/३० मिटर जङ्गलमा शव फेला परेको हो। उनीहरू मधेसी मूलको जस्तो देखिए पनि पहिचान भने खुल्न सकेको छैन। प्रहरी उपरीक्षक केसीले शव बरामदसँगै आवश्यक अनुसन्धान अघि बढाइएको जानकारी दिए।
घटनाको प्रकृति हेर्दा कर्तव्य ज्यान गरी हत्या गरेको हुनसक्ने आशङ्का गरिएको र सोही अनुसार अनुसन्धान सुरु गरिएको उनले बताए।
माघ ११, २०७८ मंगलबार १८:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।