कोरोना विरुद्धको खोप लगाएको १० मिनेटमै मृत्यु भएपछि स्वास्थ्य कार्यालय घेराउ

कोरोना विरुद्धको खोप लगाएको १० मिनेटमै मृत्यु भएपछि स्वास्थ्य कार्यालय घेराउ

धनगढी : कोरोना विरुद्धको खोप लगाएको १० मिनेटमै कैलालीका एक पुरुषको मृत्यु भएको छ। खोप लगाएर घर हिँडेका कैलारी गाउँपालिका वडा नम्बर ४ का ५३ वर्षीय पुरुषको बाटैमा मृत्यु भएको हो।

उनले आइतबार कैलाली गाउँपालिकाकै वडा स्वास्थ्य कार्यालयमा कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाएका थिए।

मृतकका आफन्तले अहिले स्वास्थ्य कार्यालय घेराउ गरेका छन्। मृतकले गत मंसिर १३ गते पहिलो मात्रा खोप लगाएका थिए।

घटनाबारे अनुसन्धान भइरहेको वडा कार्यालयका आधारभूत स्वास्थ्य प्रमुख रमेश रोकायाले बताए। 
 

माघ ९, २०७८ आइतबार १५:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।