९७ अंकमात्र आएपछि मञ्चमै रोइन् जिग्मे, फकाउनै गाह्रो
काठमाडौँ : जुरीबाट ३९ अङ्क पाए पनि ग्रान्डजुरीबाट सयमा ९७ मात्रै पाएपछि जिग्मे घिसिङको मन रोकिएन। उनी मञ्चमै रुन थालिन्।
सारेगामापा लिटिल च्याप्सबाट अब्बल प्रतियोगी बाहिरिएका छन्।प्रतियोगितामा आठ जना बाँकी छन्। सामान्य चुकले पनि प्रतियोगिताबाट बाहिरिने जोखिम हुन्छ। ९७ भनेको कम अङ्क त हैन। तर जिग्मे अगाडिका तीन प्रतियोगीले चार्टबस्टर अर्थात् ग्रान्डजुरीबाट सत् प्रतिशत अङ्क पाए। अनि जुरीबाट पनि शतप्रतिशत अङ्क पाउँदा ब्लकबस्टर पर्फर्मेशन्स भयो।
आदित्य विश्वकर्माले 'आगे आगे तोपैको गोला' गीत गाएका थिए। कार्यक्रममा सानो नारायण गोपाल उपनाम पाएका उनको प्रस्तुति विशेष अतिथि पशुपति शर्मासँगै ग्रान्ड जुरी र जुरीले मन पराए।
लोकगीत विशेष एपिसोड भएकाले प्रतियोगीहरूले लोकगीत गाएका थिए। आफ्नोपन, आफ्नै लय अनि आफ्नै बोली भएकाले एपिसोड विशेष बनेको थियो। सबै प्रतियोगी र जुरी टिम मौलिक पोसाकमा सजिएका थिए।
रोशा फुयालले 'आउँ माया सँगै बसौँ कदमको छाँयामा' गाइन्। उनको प्रस्तुति पनि ब्ल्कबस्टर भयो। अर्का प्रयुश गौतमले' माझीदाईले जालै हाल्यो माछी पर्यो जालैमा' बोलको गीत गाएर शतप्रतिशत नम्बर पाए।
जिग्मे घिसिङले तामाङ सेलो भाका सुनाएकी थिइन्। गीत गाउँदा बिचबिचमा आफै कन्फ्युज देखिएकी उनले ग्रान्ड जुरी रहने १० जनाबाट सत् प्रतिशत नम्बर नपाउँदा ब्लकबस्टर पर्फर्मेन्स हुन सकेन। त्यसैले उनले आँसु रोक्न सकिनन्। उनको आमै मञ्चमा आएर फकाउँदा पनि उनको आँसु झरिरहेको थियो।
माघ १, २०७८ शनिबार १४:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।