माघे सङ्क्रान्ति पर्वमा तरुल र सख्खरको व्यापार (फोटो फिचर)

माघे सङ्क्रान्ति पर्वमा तरुल र सख्खरको व्यापार (फोटो फिचर)
तस्बिर : विकास पराजुली

बुटवल स्थित बुटवल कृषि उपज थोक बजार केन्द्रमा मात्र माघे सङ्क्रान्तिलाई लक्षित गर्दै भारतबाट १५० टन सख्खर आयत भएको छ। एकादशी र माघी पर्वमा थोक बजार केन्द्रमा बढी सख्खर र तरुलको कारोबार हुने गर्छ। 

थोक बजार केन्द्रकी सूचना शाखा प्रमुख सीता पौडेलले सबै सख्खर भारतबाट आयात भएको बताइन। तरुल भने भारतबाट कम आएको उनको भनाई छ।

थोक बजार केन्द्रमा तरुल टनमा नआएको भन्दै कतिपय व्यापारीले ४/५ क्विन्टल भारतीय तरुल ल्याएर बिक्री गरेको उनले बताइन।

गएको वर्ष थोक बजार केन्द्रमा २ सय टन सख्खर आएको थियो। गएको एकादशीमा पनि थोक बजार केन्द्रमा ३ सय टन सख्खर आएको उनले बताइन। 

एकादशीको तुलनामा हरेक वर्ष माघे सङ्क्रान्ति सख्खर कम आयात हुने गरेको छ। हाल बजारमा सख्खर प्रतिकेजी ५० देखि १ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै तरुल सेतो ५० देखि ६० र रातो ८० देखि १ सय रुपैयाँमा कारोबार भएको उनले बताइन।

 

पुष ३०, २०७८ शुक्रबार २०:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।