बलिउडमा रणवीर कपुरसँगै अभिनय गर्दै अभिनेता विपिन कार्की
फिल्ममा अभिनयका लागि उनलाई निर्माणपक्षले फोन गरेको थियो। अफरमा उनी राजी भएका छन्। उनी अगस्टमा सुटिङमा सहभागी हुने भएका छन्।
'एनिमल' ‘अर्जुन रेड्डी’को हिन्दी भर्सन ‘कबीर सिंह’को निर्देशन गरेका सन्दीप रेड्डी भांगाले निर्देशन गरेका हुन्।
फिल्ममा रणवीर र अनिलसँगै बबि देओल र परिणिती चोपडाले समेत अभिनय गरिरहेकी छिन्। 'एनिमल' को निर्माण टिमले उनी अभिनीत 'सेल्फी किङ' हेरेर प्रभावित भएपछि उनलाई अफर गरेको बताइएको छ।
निर्देशक विशाल सापकोटामार्फत निर्माण टिमसम्म विपिनको सम्पर्क भएको हो। सो फिल्म हेरेपछि आफ्नो फिल्ममा पनि यस्तै क्यारेक्टर चाहिएको भन्दै सापकोटामार्फत नम्बर लिएर उनलाई अभिनयको प्रस्ताव आएको बताइएको छ।
निर्माण टिमसँग विपिनको औपचारिक सम्झौता भने भएको छैन। यस अगाडि रणवीर कपुरसँग नेपाली अभिनेता भोला सापकोटाले फिल्म 'बर्फी'मा अभिनय गरेका थिए।
पुष २८, २०७८ बुधबार १५:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।