मलाइका र अर्जुनको ब्रेक अप !
प्रारम्भमा यी दुवैको सम्बन्धनलाई सहज रूपमा नलिए पनि बिस्तारै स्विट कपल भन्न थालिएको थियो। मलाइका बिस्तारै अर्जुनको परिवारसँग घुलमिल भइरहेकी थिइन्। पारिवारिक डिनरमा उनी सहभागी हुन थालेकी थिइन्।
तर पछिल्लो समय यी दुवैको सम्बन्धमा ब्रेक लागेको खबर सार्वजनिक भएको छ। सम्बन्ध किन ब्रेक भयो खुलेको छैन। तर एक सातादेखि मलाइका आफ्नो फ्ल्याटबाट बाहिर ननिस्किएको र अर्जुन पनि उनलाई भेट्न नगएको भन्दै दुवैको ब्रेक अप भएको समाचार बाहिरिएका छन्।
कतिसम्म भने मलाइका बस्ने फ्ल्याट नजिकैको पारिवारिक कार्यक्रममा सहभागी हुन जाँदा पनि अर्जुन एक्लै गएको र यी दुबैबिच यो बिचमा भेटघाट समेत नभएको दाबी आइरहेका छन्।
पुष २८, २०७८ बुधबार १५:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।