गायक यम बरालले किन लुकाए दोस्रो विवाह ?
काठमाडौँ : पहिलो विवाह असफल भएपछि ७ वर्षदेखि एकल जीवन चलाइरहेका चर्चित गायक यम बरालले सुटुक्क दोस्रो विवाह गरेका छन्।
२०६० मा ललितपुर कुपण्डोलकी आकृति राणासँग विवाह गरेका उनको ७ वर्ष अगाडि सम्बन्ध विच्छेद भएको थियो। केही वर्ष अमेरिका बसेर नेपाल फर्किएका दुवैको सम्बन्ध चिसो भएपछि काठमाडौँ जिल्ला अदालतमा सम्बन्ध विच्छेद भएको थियो। उनको एक छोरा छन्।
सम्बन्ध विच्छेदपछि उनले ललितपुरस्थित भैंसेपाटीमा रहेको घर बेचे। गायन क्षेत्रमा पुरानो क्रेज फर्काउन प्रयास गरे पनि उनी सफल भएनन्। बिचमा गुमनाम झैँ भएका गायक यमले यो बिचमा दोस्रो विवाह गरे।
कानुनी रूपमा एकल भइसकेका यमले दोस्रो विवाह गर्नु कुनै अपराध त थिएन। हालै चर्चित कमेडियन मनोज गजुरेलले दोस्रो विवाह गरेर तस्बिर समेत सार्वजनिक गरेका थिए। उनका शुभेच्छुकहरूले मन खोलेर शुभकामना दिएका थिए।
तर यमले निकै गोप्य राखे आफ्नो दोस्रो विवाह। उनले कतै सार्वजनिक गरेनन्। अनि जिज्ञासा राख्दा पनि स्वीकार गरेनन्। फेसबुकमा उनले पाँच दिन अगाडि छोराको तस्बिर राखेर जन्मदिनको शुभकामना दिएका छन्। त्यसपछि केही राखेका छैनन्।
उनले दोस्रो विवाह गरेका हुन् गीता सिवाकोटीसँग। उनी नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छिन्। कांग्रेस १४ औँ महाधिवेशनमा उनी बागमती प्रदेशबाट प्रदेश महाधिवेशनको उम्मेदवार बनेकी थिइन्।
गायक बरालले लुकाए पनि उनको दोस्रो विवाहको भिडियो बाहिरिइछाड्यो।
पुष २७, २०७८ मंगलबार २३:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।