क्रेज घट्यो भन्नेलाई नायक पल शाहको प्रश्न : मेरो स्टारडम घटेको या बढेको जोख्ने तराजु कहाँ छ ?
सुने अनुसार तपाईँले लकडाउन यता पाँच सय म्युजिक भिडियोमा अभिनय गर्नुभयो। सबैभन्दा धेरै म्युजिक भिडियोमा अभिनय गरेको गिनिज बुकमा नाम लेख्ने योजना हो र ?
म भन्दा धेरै म्युजिक भिडियोमा अभिनय गर्ने कलाकारहरू छन्। त्यस्तो केही हैन।
एउटा म्युजिक भिडियोमा अभिनय गरेको कति लिनुहुन्छ ?
यती नै भन्ने छैन। ठ्याक्कै भन्न मिल्दैन। निर्मातासँग डिलका आधारमा काम गर्ने हो। कुनैमा सेयरमा पनि काम गर्छु। कुनैमा फ्रीमा पनि काम गर्छु।
अभिनय गरेका सबै म्युजिक भिडियो प्रमोट गर्नुहुन्छ त ?
सबै हैन। फ्री भएको बेलामा हो प्रमोसन गर्ने। कमसेकम २ हप्ता अगाडि जसले मलाई जानकारी दिन्छ उसकोमा म जान्छु। गएको छु। पहिल्यै भन्यो भने सजिलो हुन्छ।
कलाकार प्रमोसनमा नआउँदा निर्माताहरुले घाटा खाइरहेको सुनिन्छ नि। समय किन दिँदैनन् कलाकारले ?
हरेक कुराको प्रमोसन गर्नै पर्छ। म्युजिक भिडियोमा अभिनय गरेपछि आर्टिस्टहरुले प्रमोसनमा साथ दिनुपर्छ। म भ्याएसम्म समय दिन्छु पनि। तर प्रेस मिटमा पुग्नु मात्रै प्रमोसन हैन। अन्य प्रक्रियाबाट पनि प्रमोसन गर्न सकिन्छ।
पछिल्लो समय नायकहरूलाई म्युजिक भिडियोमा देखिदा क्रेज घट्छ भन्ने छ नि।
त्यो कता आएको छ देखाउनुस्। मुभी आएर सुपर फ्लप भयो भने यो मलाई यस्तो प्रश्न सोध्ने हो। अहिलेसम्म चैँ ठिकै छ।
अनमोल केसी, प्रदीप खड्का अनि पल साहलाई एकै खालका स्टार मानिन्थ्यो। तर धेरै म्युजिक भिडियोमा अभिनय गर्दा पल शाहको स्टारडम घट्यो भनिन्छ नि ?
स्टारडम जोख्ने माध्यम के छ, जोखौँ ? हल्लाको पछि लागेर हुन्न। मेरो स्टारडम घटेको या बढेको जोख्ने तराजु कहाँ छ ? म हरेक दर्शकको मनमा बस्न चाहन्छु। प्रत्येक हप्ताको भिडियोको भ्युज हेर्नुस् न। त्यसले पनि क्रेज घटेको छ छैन देखिन्छ नि।
पुष २७, २०७८ मंगलबार १७:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।