अभिनेता रमेश किन अलग भए श्रीमतीसँग !
किरण बुढानीलकण्ठको सिजी भिल्लामै छिन्। तर रमेश डेरा लिएर बाहिर बसेका छन्। यी दुवै अलग भएको करिब छ महिना भएको रमेश निकट स्रोतले बतायो।
रमेशले आफू निकटलाई पनि सम्बन्ध बिग्रनुको कारण खुलाएका छैनन्। केही समय टाढा बस्नु ठिक लागेको उनले बताउने गरेका छन्।
यी दुबैबिच प्रेम विवाह भएको हो। किरणको यो दोस्रो विवाह हो। रमेश र किरणको सन्तान भने छैनन्।
विवाहपछि रमेश अमेरिका गएपछि किरण पनि उतै गएकी थिइन्। १० वर्ष उता बसेर दुवै नेपाल फर्किए। ५ वर्षअघि नेपाल फर्किएर रमेश चलचित्र क्षेत्रमै सक्रिय भएका थिए।
नेपाल फर्किएर उनले बनाएको फिल्म ऐश्वर्या व्यापारिक रूपमा सफल पनि भएको थियो। दुबैबिच लामो समयदेखि बोलचाल समेत नभएको र दुवै कानुनी रूपमा अलग हुने तयारीमा रहेको निकट स्रोतको दाबी छ।
पुष २६, २०७८ सोमबार ००:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।