सारेगामापाबाट आउट भए पनि आयो दियाको पहिलो गीत, न्ह्युले पूरा गरे वाचा

सारेगामापाबाट आउट भए पनि आयो दियाको पहिलो गीत, न्ह्युले पूरा गरे वाचा

सारेगामापा लिटिल च्याम्प्सकी प्रतियोगी दिया सोनारलाई हेर्नुस् त। पर्फेक्ट गला हुँदाहुँदै कम भोट आएका कारण उनी प्रतियोगिताबाट बाहिरिइन्। तर त्यो नै उनको गायन यात्राको सुनौलो मोड पो बन्यो।

उनी प्रतियोगिताबाट बाहिरिए पनि दिग्गज गायक/गायीकाले धेरै मिहिनेतमा पुरा हुने सपना उनले पूरा गरेकी छिन्। दिग्गज सङ्गीतकार न्हुयु बज्राचार्यको सङ्गीतमा पहिलो गीत रेकर्ड गर्न पाउनु भनेको कर्मसँगै भाग्यको पनि खेल हो नै।

उनी भारमा बस्ने नेपाल भाषीको रूपमा सारेगामापामा छानिएको आधारमा मात्र हैन उनको खारिएको परिपक्व स्वरकै कारण सङ्गीतकार बज्राचार्यले उनको स्वरमा गीत रेकर्ड गर्ने बताएका थिए। उनी बाहिरिए लगत्तै गीत रेकर्ड पनि भयो 'यसरी नै' बोलमा।

गीत रेकर्ड मात्र भएन। पहिलो गीतकै पारिश्रमिक पाइन दियाले २० हजार। लय र शब्द मीठो सुनियो गीतको। पहिलो गीतै जम्ने सम्भावना छ नै। अब सपना पूरा हुने पालो रीमा विश्वकर्माको। उनले दियाको कुनै गीतको म्युजिक भिडियोमा मोडलिङ गर्ने रहर गरेकी थिइन्। कतै यही गीतबाटै रहर पूरा हुन्छ कि !

पुष २५, २०७८ आइतबार २३:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।