सारेगामापाका तीन बलिया प्रतियोगी जो फाइनल पुग्न सक्छन्
काठमाडौँ : सारेगामापा लिटल च्याम्प्स फाइनल नजिक पुग्दैछ। हरेक साता एक प्रतियोगी बिदा हुँदै प्रतिस्पर्धीको सङ्ख्या खुम्चदैछ। प्रतियोगी एकसा एक छन्। केही राम्रा प्रतियोगी बाहिरिए पनि उनीहरूले नयाँ यात्रा थालिसकेका छन्।
अहिले टिकिरहेका प्रतियोगीमध्ये तीन यस्ता प्रतियोगी छन् जसको प्रतिस्पर्धा निकै कडा छ। हरेक साता उनीहरूबिच कडा टक्कर हुन्छ। ग्रान्ड जुरी र जजहरूबाट सत् प्रतिशत अङ्क ल्याउँछन्। भोटले गडबड नगरे प्रतिभाको आधारमा यी तीन फाइनसम्म पुग्ने पक्का छ।
पहिलो हुन् कृपा पौडेल। शास्त्रीय गायनमा समेत दखल देखिने उनी प्रतियोगिताको प्रारम्भदेखि नै बलियो प्रतियोगी देखाउँदै आएकी छिन्। भिन्न शैलीको आवाज उनको अर्को विशेषता हो। गीत चयनमा उनी गम्भीर देखिन्छिन्। भोट पनि राम्रै आइरहेको छ उनको।
दोस्रो हुन् आदित्य विश्वकर्मा। उनको लय र शैली अति इनोसेन्ट देखिन्छ। आवाज मीठो छ। बल्कबस्टर पर्फरेन्स र पर्फर्मर अफ दि विक भइरहन्छन् उनी। स्वरको साथले उनी तीनै जजका प्रिय पनि छन्। बेलाबखत बटममा परे पनि अहिले भने उनको भोटको अवस्था सुध्रिएको देखिन्छ।
तेस्रो अभिज्ञा घिमिरे। स्वर खुली सकेको छ उनको। शास्त्रीय सङ्गीतको ज्ञानले लयमा बलियो पकड देखिन्छ। गीत चयनमा परीक्षणको जोखिम उठाएकी छैनन् उनले। कृपासँग सिधै टक्कर देखिन्छ उनको। तर भोटले बेलाबखत धोका दिँदा बटम थ्रीमा परिरहन्छिन्। यो हप्ता पनि बटम थ्रीमा परेर उनी जोगिएकी हुन्।
पुष २५, २०७८ आइतबार ०१:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।