समय फेरियो तर फिल्मकर्मीको दर्शक झुक्क्याउने पारा फेरिएन
यता कोभिड १९ को तेस्रो लहर ओमिक्रोनका कारण अन्तर्राष्ट्रिय फिल्महरू अनिश्चित कालका लागि बन्द भएका छन्। ती फिल्म सरेका कारण सो टाइम बढेकोमा पनि फिल्म निर्माण टोली उत्तिकै मक्ख छ।
दोस्रो हप्तामा पनि दर्शकको अपार माया पाएर उनीहरू सामाजिक सञ्जालमा भाव विभोर बनिरहेका छन्। एकातिर फिल्म चलेको भनेर रमाइलो गरिरहेको टोलीले अर्कोतिर विज्ञापन गर्न भने छाडेको छैन। सामाजिक सञ्जालमा टिजर पोस्टरलाई पैसा तिरेर बुष्ट गरेको गर्यै छ। साथमा उपहारको अफर पनि गरिरहेको छ।
कठपुतली समूहले हालै सामाजिक सञ्जालमा एउटा पोस्ट गरेको थियो। जसमा आइफोन १२ जित्ने अवसर नगुमाऊँ भनिएको छ।
आइफोन १२ जित्नका लागि कठपुतलीको टिकटसँग सेल्फी खिच्नुपर्नेछ र त्यसलाई सामाजिक सञ्जालमा सबैले देख्ने गरी अपलोड गर्नुपर्नेछ। एउटा टिकट काटेर सबैले सेल्फी खिचे भइहाल्यो भन्ने सोच्नुभएको होला तर त्यसो गर्न पाइँदैन। जति जनाले सेल्फी खिच्ने हो, त्यति ओटै टिकट काट्नुपर्ने हुन्छ। त्यसरी खिचेको फोटोलाई ह्यासट्याग कठपुतली, ह्यासट्याग वीन फोन १२ भनेर लेख्नुपर्नेछ।
पहिलेपहिले दर्शकलाई फिल्म हलसम्म तान्न कुसुमे रुमाल बाँड्थे रे। अहिले समय फेरिएर आइफोन १२ सम्म आइपुगेको छ। दर्शक तान्ने उपाय फेरिए पनि दर्शक झुक्क्याउने फिल्मकर्मीको चरित्र भने फेरिएको छैन।
पुष २४, २०७८ शनिबार १२:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।