बलिउडका यी कलाकार जसले आत्महत्या रोजे, तर गरेनन्

बलिउडका यी कलाकार जसले आत्महत्या रोजे, तर गरेनन्

एजेन्सीः चलचित्रको दुनियाँलाई धेरैले 'मुतको न्यानो' भन्छन्। यो स्थिर हुँदैन। 

त्यसैले पनि धेरैजसो कलाकार द्विचरित्रमा बाँचेका हुन्छन्। दर्शकले देख्ने एउटा, आफैंले देख्ने अर्को। बलिउड यो मानेमा झनै अनुदार छ। यहाँ कलाकार एकैछिन अघि देवत्वकरण गरिन्छ भने एकैछिनमा दानवीकरण गरिन्छ। 

त्योमध्ये धेरैले खप्न नसकेर आत्महत्याको बाटो रोजेका छन्। सुशान्त सिंह राजपुत यसैको एक दृश्टान्त हो। तर बलिउडमा केही यस्ता कलाकार पनि छन् जसले आत्महत्याको बाटो त रोजे तर गरेनन्।

तीमध्येका एक हुन्- सलमान खान। सलमानलाई केही वर्ष यता ट्रायजेमिनल न्यूरोलजिया नामको बिमारी छ। यो रोगलाई सामान्य भाषामा 'सुसाइड डिजिज' पनि भनिन्छ। यो रोग लागेको मानिसको नसामा असह्य पीडा हुन्छ। एक अन्तर्वार्ताका क्रममा सलमानले यो रोगसँग जुध्न नसकेर कयौं पटक आत्महत्याको प्रयास गरेको बताएका थिए।

बलिउडका दिग्गज कमेडियन जनी लिवर पनि आत्महत्याको बाटोमा गएर पनि फर्किएका हुन्। आफ्नो बुवाको अत्याधिक मदिरा सेवन गर्ने बानीबाट दिक्क भएर उनी आत्महत्या गर्न लागेका थिए। तर घर-परिवारको बारेमा सोचेपछि उनको मन बदलियो र उनी पछि बलिउडका दिग्गज कलाकारको रूपमा स्थापित भए। 

बलिउडमा चरित्र अभिनेताको छवि बनाएका मनोज बाजपेयीको ठूलो सपना थियो- नेशनल स्कुल अफ ड्रामाबाट अभिनय पढ्ने। तर कलेजले रिजेक्ट गरेपछि भने उनको सपना चकनाचुर भयो। उनले आत्महत्याको कोसिस गरे। यो देखेर उनका सबै साथीहरू मनोजलाई एकैछिन पनि नछोड्ने गरी सँगै बस्न थाले। आज मनोज बलिउडका औँलामा गन्न सकिने उत्कृष्ट अभिनेता हुन्।

पुष २३, २०७८ शुक्रबार ०९:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।