विवाहपछि बदलियो आँचलको ड्रेस सेन्स, जे लगाउन नि श्रीमानबाट छुट
'ज्यान दुब्लाएर पनि हो। फिट हुँदै गएपछि जे लगाउँदा पनि सहज हुने रहेछ,' उनले भनिन्' फिट भएपछि कन्फिडेन्स पनि बढ्ने रहेछ।' त्योसँगै उनले विवाह गर्नु अगाडि र पछाडिको जीवनबारे पनि खुलाइन्।
विवाह नभएको बेलामा परिवारलाई कसैले प्याच्च केही भनिदिएलान् कि अनि बुबा-आमालाई नराम्रो लाग्ला भन्ने लाग्दा ड्रेसमा अलि सचेत हुनुपर्ने बताइन्। विवाहपछि भने केही खुल्ला अनुभव हुने उनको अनुभव रहेछ।
'विवाह गरेपछि श्रीमानले छुट दिएको छ अनि श्रीमान् नै खुसी छ भन्ने हुने रहेछ,' उनले भनिन्' नराम्रो नजरले नहेर्ने रहेछन्। अलि सहज हुने रहेछ।' उनले आफ्नो श्रीमान् उदीप श्रेष्ठले आफूलाई निकै सघाउने गरेको अनि ड्रेस लगायतका बारेमा आफूलाई सुझाव दिने गरेको बताए।
आँचल तेलगु फिल्म 'हिटम्यान' मा अनुबन्ध भइसकेकी छिन्। आँचलसँगै तेलगत फिल्मका अभिनेताले पनि आफ्ना अनुभव सञ्चारकर्मीहरूसँग बाँडेका थिए। विष्णुले आँचलको लुक्स रोयल लुक्स भएकाले उनलाई अनुबन्ध गरेको बताए।
पहिला आँचलबारे बुझ्दा घमन्डी छिन् भन्ने सुनेको तर सँगै काम गर्दै जाँदा भने निकै सहयोगी व्यवहार भएको उनले बताए।
पुष २२, २०७८ बिहीबार १८:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।