राष्ट्रिय सभा निर्वाचन: कर्णालीमा सत्ता गठबन्धन र एमालेले टुङ्ग्याए उम्मेदवार

राष्ट्रिय सभा निर्वाचन: कर्णालीमा सत्ता गठबन्धन र एमालेले टुङ्ग्याए उम्मेदवार

नेकपा माओवादी केन्द्रको तर्फबाट सुर्खेतका संविधान सभा सदस्य नरबहादुर विष्ट, नेपाली कांग्रेसबाट सुर्खेतकै शहीद पत्नी दुर्गा गुरुङ र नेकपा एकीकृत समाजवादीबाट सल्यानका उदय बोहोरा उम्मेदवार बनेका छन्।

स्थानीय तह र प्रदेशमा गठबन्धनको गढ बलियो भएकोले तीन जनाको नै जित निश्चित भएको मुख्यमन्त्री शाहीले दावी गरे। यस्तै कर्णाली प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि सोमबार नै उम्मेदवार तय गरिसकेको छ।

एमालेले केन्द्रमा सिफारिस गरेका ९ जनामध्येबाट दुई जना खुला र एक जना अल्पसंख्यकबाट गरी तीन जना उम्मेदवार उठाएको कर्णाली प्रदेशका इन्चार्ज एवम् एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलले जानकारी दिए।

उनका अनुसार खुलाबाट जुम्लाकी गंगा महत र सुर्खेतका चुडामणि शर्मा र अल्पसंख्यकबाट दैलेखका पदम माझी उम्मेदवार बनेका छन्।

७९ वटा स्थानीय तह भएको कर्णालीमा कांग्रेसले २५ वटा र माओवादी केन्द्रले पनि २५ वटा स्थानीय तहमा जितेका थिए। यस्तै एमालेले २९ वटा स्थानीय तहमा जितेको थियो।

३५ सदस्यीय कर्णाली प्रदेश सभामा कांग्रेसका ६ जना, माओवादीका १२ जना, एमालेका १३ जना, समाजवादीका तीन जना र राप्रपाका एक जना सांसद छन्। 

प्रदेश सभाका सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुख नै राष्ट्रिय सभा निर्वाचनका मतदाता हुन्।

पुष २०, २०७८ मंगलबार १३:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।