राष्ट्रिय सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता

राष्ट्रिय सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता

राष्ट्रिय सभाको रिक्त हुन लागेको १९ पदका लागि माघ १२ गते निर्वाचन हुँदैछ। निर्वाचनका लागि सात वटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको र सम्बन्धित प्रदेशको निर्वाचन कार्यालयमा गई मनोनयन दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ।

निर्वाचनमार्फत प्रदेश १बाट तीन, प्रदेश २बाट दुई, बागमतीबाट दुई, गण्डकीबाट तीन, लुम्बिनीबाट तीन, कर्णालीबाट तीन र सुदूरपश्चिमबाट तीन जना निर्वाचित हुनेछन्।

निर्वाचनका लागि कुल १२ दल प्रतिस्पर्धामा छन्। सत्ता गठबन्धन दलले निर्वाचनमा पनि गठबन्धन कायम राखेको छ भने प्रमुख प्रतिपक्षी नेकपा एमाले एक्लै निर्वाचनमा भिड्दैछ। एमालेले १९ पदमै उम्मेदवारहरू टुंगो लगाएको छ। 

यस्तै १९ पदमध्ये नेपाली कांग्रेसले ६, माओवादी केन्द्र र एकीकृत समाजवादीले ५/५, जनता समाजवादीले २ र जनमोर्चाले एक सिटमा प्रतिस्पर्धा गर्नेछन्।

पुष २०, २०७८ मंगलबार ०८:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।