सर्वसम्मत अध्यक्ष बनेका प्रचण्डको फिस्स हाँसो

सर्वसम्मत अध्यक्ष बनेका प्रचण्डको फिस्स हाँसो

अध्यक्षमा सर्वसम्मत भएपछि सम्बोधन गर्दै उनले आफू लामो समयदेखि पार्टीको नेतृत्वमा रहेर नेपालको महत्त्वपूर्ण राजनीतिक घटनामा संलग्न हुने अवसर पाएको भन्दै उनले पुन आफूलाई राष्ट्र र जनताको सेवा गर्ने मौका पाएको बताए।

लामो राजनीतिक उतारचढाव भोगेको भन्दै उनले अब त भिन्न भूमिकामा जाने बेला आएको हो कि भन्ने लागे पनि अहिलेको राजनीतिक घटनाक्रम र राजनीतिक स्थिरता र विकास र सम्बृद्धीसँगै पार्टीलाई सुदृढ गराउन पार्टीमा सक्रिय हुने बाध्यता परेको दाबी गरे।

कतिपयलाई यो पार्टीमा प्रचण्ड भएन भने के होला भन्ने लाग्ने गरेको भन्दै उनले यो प्रश्न नै गलत भएको दाबी गरे। उनले माओवादी भनेको क्रान्तिकारी आन्दोलन र क्रान्तिकारी विचार भएको बताए। 

माओवादीको महाधिवेशनमा अन्य पार्टीको भन्दा गम्भीर रूपमा बहस भएको दाबी गरे। उनले माओवादी पार्टीको विशिष्ट पहिचान छ भन्ने महाधिवेशनले देखाएको भन्दै केन्द्रीय समितिको निर्वाचन पनि प्रदेशदेखि अन्तरक्रिया गरेर आयोजक समितिले प्रस्तुत गरेको भन्दै नेतृत्व चयनमा लोकतान्त्रिक र जनवादी प्रक्रिया अपनाएको दाबी गरे।

उनले यसले अराजकतातिर जान रोकेको तर यो निरङ्कुशता नभएको दाबी गरे। उनले पार्टीमा सामूहिक नेतृत्वको अभ्यास सुरु भएको दाबी समेत गरे। उनले महाधिवेशनले प्रचण्डको आदेशको रूपमा नभई आयोजक समितिको प्रस्तावका आधारमा सर्वसम्मत रूपमा केन्द्रीय समिति निर्वाचित गरेको दाबी गरे। केही मिडियामा प्रचण्डले नाम भने अन्यले ताली बजाए भनेर आएको प्रतिक्रियाले महाधिवेशनमा आएका १८ सय महाधिवेशन प्रतिनिधिको अपमान गर्न खोजेको दाबी गरे।

उनले यो कार्यकाल आफ्नो अन्तिम कार्यकाल भएको बताउँदा भावुक देखिएका थिए। उनी अध्यक्षमा सर्वसम्मत भए पनि अन्य पदाधिकारी भने चयन भएन।

 

पुष १९, २०७८ सोमबार १७:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।