निर्वाचन टार्दै माओवादी, केन्द्रीय समितिकै नाम टाँस्ने तयारी
काठमाडौँ : माओवादी केन्द्रले खुला तर्फ १ सय ४५ जना गरेर २ सय ३६ सदस्यीय केन्द्रीय समिति चयन गर्ने भएको छ। समानुपातिक र खुल्ला गरेर उसले २ सय ३६ सदस्यीय समिति बनाउन लागेको हो।
खुला तर्फ १ सय ४५ जना राख्ने भएको छ। समानुपातिकबाट १ सय २५ जना प्रस्तुत हुँदै छन्। खुलाबाट १ सय ११ जनाको नाम प्रस्ताव हुँदैछ।। यसो गर्दा २ सय ३६ जनाको केन्द्रीय समिति घोषणा हुने भएको छ। समानुपातिकमा फेरि सम्बोधन गर्न सकिने ठाउँ राखेको छ भने खुला तर्फ ३४ जनाको नाम बाँकी राखिएको छ।
माओवादीले ८ औँ महाधिवेशनको निर्वाचन कार्य तालिका बनाए पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वसम्मत नेतृत्व चयनमा जोड दिएका छन्।
उनले केन्द्रीय सदस्यहरूको नाम प्रस्ताव समेत गरेका छन्। समावेशी समानुपातिकतर्फ उनले खस आयेतर्फ १३ जनाको नाम सिफारिस गरेका छन्। जसमा नारायणप्रसाद दाहाल, सूर्यराज सुवेदी, धीरेन्द्र प्रधान, नरबहादुर विष्ट, वसन्त शर्मा, केशव नेपाल, निर्मल आचार्य, जोखबहादुर महरा, तारानाथ स्वाँर, देवराज रेग्मी, हरिराज अधिकारी, देवेन्द्र पराजुली र अच्युतम काफ्लेको नाम रहेको छ
पुष १८, २०७८ आइतबार १८:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।