'पुष्पा'को त्यो पोज जसले अझै दुख्छ अल्लु अर्जुनको काँध

'पुष्पा'को त्यो पोज जसले अझै दुख्छ अल्लु अर्जुनको काँध

एजेन्सीः दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको हालै प्रदर्शनमा आएको चलचित्र 'पुष्पा'ले बजार तताएको छ। प्रदर्शनमा आएको १६औं दिनमा पुष्पाले २५४ करोड भारु कमाइसकेको छ।

तर अल्लु अर्जुनलाई भने उहिले सुटिङ सकेको फिल्मले अझै दुःख दिइरहेको छ। पुष्पामा उनले एउटा काँध उचालेर हिँड्ने पोज गरेका छन्। 'श्रीवल्ली' नामको गीतमा त्यही पोजमा नाचेका पनि छन्। जुन यति बेला टिकटकमा खुबै भाइरल पनि छ। 

तर त्यही पोज अल्लु अर्जुनका लागि भने अभिसाप बन्यो। उनको काँध अझै पनि दुखिरहने उनले बताएका छन्। अल्लुले भनेका छन्- 'यो फिल्लमा देखिने जस्तो तीन घण्टा मात्र गरेको पोज होइन, दुई वर्षको मेहनत छ त्यो पोजमा। मेरो काँध अझै पनि दुख्छ।'

फरक बडी ल्याङ्वेज र हिरोइज्म देखाउनका लागि गरिएको पोज अल्लुको आफ्नै सृजना पनि हो। निर्देशकले उनलाई 'कसरी हुन्छ फरक पोज लिएर आउ' भनेपछि अल्लुले यस्तो पोज गरेका हुन्।

यस्तै फिल्ममा भएको दारीमा हत्केलाको पछिल्लो भागले मुसार्ने पनि अल्लुको आफ्नै पोज हो।

पुष १८, २०७८ आइतबार १०:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।