राष्ट्रिय सभा निर्वाचन: दुई हजार २५ मतदाता, मङ्गलबार उम्मेदवारी दर्ता

राष्ट्रिय सभा निर्वाचन: दुई हजार २५ मतदाता, मङ्गलबार उम्मेदवारी दर्ता

काठमाडौंः आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा दुई हजार २५ मतदाताले भाग लिनेछन्। शनिबार निर्वाचन आयोगले मतदाताको प्रारम्भिक नामावली प्रकाशन गरेको हो।

जसअनुसार प्रदेश १ मा २६४, प्रदेश २ मा ३७२, बागमतीमा ३४६, गण्डकीमा २२९, लुम्बिनीमा २९६, कर्णालीमा १९१ र सुदूरपश्चिम २२७ जना मतदाता रहेका छन्।

आयोगले आज दिनभर नामावलीमाथि दावी विरोधको लागि आह्वान गर्दै अन्तिम नामावली सोमबार प्रकाशन गर्नेछ। अन्तिम नामावली सार्वजनिक भएपछि भने मङ्गलबार उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ। 

राष्ट्रिय सभाका रिक्त हुन गइरहेको १९ पदको लागि निर्वाचन हुन लागेको हो। प्रदेश सभाका सांसद तथा स्थानीय तहका प्रमुख र उपप्रमुख राष्ट्रिय सभा निर्वाचनका मतदाता हुन्। 

पुष १८, २०७८ आइतबार ०८:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।