खर्बपती 'नेता', तर आरक्षणको कोटा

कहिले एमाले त कहिले कांग्रेसको समानुपातिक कोटाबाट सांसद बन्दै आएका उनले शनिवार राष्ट्रिय सभा गृहमा उम्मेदवारी दर्ता गर्दा आरक्षित मधेसी कोटामा उम्मेदवारी दिए। उनले खुल्ला सदस्यमा उम्मेदवारी दिने हिम्मत गरेनन्।
उम्मेदवारी दर्ता गरेर फर्कने क्रममा सञ्चारकर्मीहरूले उनलाई प्रभावशाली व्यक्ति भएर पनि किन आरक्षित कोटामा उम्मेदवारी दिएको भनेर प्रश्न गरेका थिए। उनले यस अगाडि संविधान सभा र अहिले प्रतिनिधि सभामा पनि मधेसी कोटामा सांसद भएको र आफू मधेसको राजनीतिमा पनि परिवर्तन आउनुपर्छ भन्ने पक्षमा रहेकाले आरक्षित कोटामा उम्मेदवारी दिएको बताए।
उनले भने' म मधेसको राजनीतिमा पनि परिवर्तन आउनुपर्छ भन्ने सोच भएको व्यक्ति हो। आरक्षित कोटामा उम्मेदवारी दिनु संविधानले छुट्टाएको अधिकारको प्रयोग हो।'
उनले आफू कुनै प्यानलमा नरहेको साझा उम्मेदवार भएको दाबी गरेका थिए। अर्थतन्त्र राजनीतिको केन्द्रमा हुनुपर्छ भनेर वकालत गरिरहेको तर परिवर्तन गर्ने हो भने दर्शक बनेर हुन्न भनेर सक्रिय राजनीतिमा आएको उनले बताएका थिए। अनुभवी राजनीतिज्ञ र प्राकृतिक स्रोत परिचालन गर्न सक्ने आफूजस्तो व्यक्तिबिच सहकार्य हुनुपर्ने उनले बताएका थिए।
'युवा केन्द्रित राजनीतिक र विकास केन्द्रित राजनीतिलाई अगाडि बढाउन इच्छुकहरूबाट भोट पाउने आस गरेको छु। यात्रा लामो छ। भोलिका दिनमा कहाँ पुगिन्छ थाहा छैन,' उनले भने।
मंसिर २५, २०७८ शनिबार २२:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।