ओली नआइपुगेपछि बन्दसत्रस्थल पुगेर पनि फर्किए रावल 

ओली नआइपुगेपछि बन्दसत्रस्थल पुगेर पनि फर्किए रावल 

चितवनः नेकपा एमालेका उपाध्यक्ष भीम रावल बन्दसत्रस्थल पुगेर फर्किएका छन्। बिहानै १० बजे सुरु हुने भनिएको बन्दसत्र हालसम्म सुरु नहुँदा रावल फर्किएका हुन्।

यसअघि आफूनिकट नेताहरूसँग छलफल सकेर उनी बन्दसत्रस्थल 'सेभेन स्टार होटल' पुगेका थिए। अध्यक्ष केपी शर्मा ओली हाल पदाधिकारीका आकांक्षी व्यवस्थापनमा लागेकाले बन्दसत्र सुरु हुन नसकेको हो।  

'उहाँ अध्यक्षमा उठ्नुहुन्छ। बन्दसत्रस्थल पुग्नुभएको हो । ओली पुग्नुभएको रहेनछ। उहाँ बाहिरिनु भयो। अन्य पदाधिकारी पनि बाहिरिएका छन्', रावलनिकट एक नेताले उकेरासँग भने। 

ओलीनिकट नेताहरूले रावल र ओलीलाई भेट गराउने लबिङ गरे पनि त्यो सम्भव भएको छैन। 'उहाँहरूको कुरा होला। हाम्रो कुरा सिधा छ। पछि हट्दैनौं। प्रयास गर्नुहोला ठीक छ', ती नेताले भने।

मंसिर १२, २०७८ आइतबार १५:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।