एमाले महाधिवेशनस्थलमा रावलको पर्चा बाँड्न रोक
चितवनः नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा भीम रावलको पर्चा बाँड्ने कार्यकर्तालाई स्वयंसेवकहरूले पर्चा बाँड्न रोक लगाएका छन्। महाधिवेशनस्थलमा रहेका प्रतिनिधिलाई पर्चा बाँड्दै पुगेका रावलका कार्यकर्तालाई एमाले स्वयंसेवकले 'यहाँ पर्चा बाँड्न पाइँदैन' भन्दै बाहिर पठाइदिएका हुन्।
बन्दसत्रको हलभित्र प्रवेश गर्न लामबद्ध भएकाहरूलाई रावलका कार्यकर्ताले पर्चा वितरण गरेका थिए। ‘मेरो उम्मेदवारी किन?’ लेखिएको पर्चामा रावलले अध्यक्षमा उम्मेदवारी दिनुका कारणबारे उल्लेख छ।
स्वंयमसेवकले पर्चा नबाड्न आदेश दिएपछि कोहीले झोलामा हालेका थिए भने कोहीले सोही स्थानमा फालेका थिए।
'लै बरी ताल छ भीम रावलको। यस्तो बेला बाँड्न हुन्छ?' पर्चा बाँड्न रोक लगाउनेमध्येका एक स्वयंसेवकले भने।
मंसिर १२, २०७८ आइतबार ११:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।