आफ्नै समूह विभाजित हुने भएपछि ओलीले बढाए पदाधिकारी

आफ्नै समूह विभाजित हुने भएपछि ओलीले बढाए पदाधिकारी

चितवन : आफ्नै समूहका आकाङ्क्षी धेरै भएपछि अध्यक्ष केपी ओलीले प्रस्तावमा पदाधिकारीको सङ्ख्या बढेको छ।

पार्टीको नवौँ महाधिवेशनको अन्तिम केन्द्रीय कमिटीको बैठकमा उनले विधान संशोधन प्रस्ताव लगेका थिए जुन मध्यरात पास भयो।

प्रस्तावमा पदाधिकारी  बढाउने, नराख्ने भनिएको पोलिटब्युरो ब्युँताउने प्रस्ताव थियो। नेता शेरबहादुर तामाङका अनुसार बैठकले ओलीको प्रस्ताव अनुसार पदाधिकारी र केन्द्रीय सदस्य थप्ने निर्णय  गरेको छ। अन्य निर्णय हलले गर्ने उनले बताए।

अब केन्द्रीय कमिटी: ३०१ सदस्यीय हुनेछ। पोलिट्ब्युरो  ९९  सदस्यीय, स्थायी कमिटी  ४५, पदाधिकारी (सचिवालय)  १९ रहने छ। मुख्य उपाध्यक्ष र उपमहासचिवमा धेरेै आकांक्षी देखिएका छन्। यी दुबै पदको संख्या बढाइएको छ।
अब अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३, सचिव  ७ गरिएको छ। ओली समुहले निर्वाचन सर्वसम्मत गर्ने प्रयास गरेका छन्। तर भीम रावलले अध्यक्ष र घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारीको घोषणा गरेका छन्। 

मंसिर ११, २०७८ शनिबार ००:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।