विष्णुमतिकाे माटाे घरमा ल्याएर घटस्थापना गर्छन् नेवार समुदाय (फाेटाेफिचर)

काठमाडाैंः आजबाट नवरात्रि सुरु हुँदैछ। आज घटस्थापना, अर्थात् दशैंकाे पहिलाे दिन। आज घरघरमा विधिपूर्वक दीयो, कलश र गणेश स्थापना गर्दै घटस्थापना गरिन्छ।
यद्यपि, काठमाडाैं उपत्यकाकाे नेवार समुदायमा भने घटस्थापना गर्ने परम्परा अलि फरक छ। उनीहरू बिहानै ५ बजेदेखि विष्णुमति किनारमा दीयाे, कलश बाेकेर पुग्छन्। त्यहाँ रहेकाे शाेभा भगवती मन्दिरमा पूजाआजा गर्छन्। त्यहाँ पुग्ने धेरैजसाे नेवार समुदायभित्रकाे उपाध्याय ब्राह्मण हुने स्थानीय बताउँछन्।
दीयाे, बत्ति बाल्छन् अनि विष्णुमतिमा बगाउँछन्।
त्यही विष्णुमतिकाे माटाे घरमा ल्याउँछन्। त्यसैमाथि जमरा राेपेर नेवार समुदायले घटस्थापना गर्छन्।
सबै तस्बिर: कृष्पा श्रेष्ठ
असोज २१, २०७८ बिहीबार ०८:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।