गोकर्णसँग गमक्क ओली 

गोकर्णसँग गमक्क ओली 

काठमाडौँ : नेकपा एमालेको नेतृत्वको सरकार पार्टी भित्रको आन्तरिक कलहका कारण ढल्यो। पार्टी भित्रको विवाद समाधान नभएपछि ओली बालुवाटारबाट बालकोट गए। ओली सरकारबाट हटे पनि विवाद समाधान भएन। 

तत्कालीन एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरे। तर, भीम रावल, रघु जि पन्त, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे सहितका नेता नेपालको नयाँ दलमा आएनन्। उनीहरू एमालेमै रहेका छन्। 

एमालेमा रहेका उनीहरूले अहिले पनि पार्टी विवाद समाधानका लागि असार २७ गते भएको १० बुँदे सहमति कार्यान्वयनका गर्न अध्यक्ष केपी ओलीलाई दबाब दिइरहेका छन्। अध्यक्ष ओलीले १० बुँदे कार्यान्वयन गर्न असन्तुष्ट भीम रावललाई जिम्मा दिएका छन्। 

एमालेमै रहेका तत्कालीन वरिष्ठ नेता नेपाल पक्षका नेता गोकर्ण विष्ट र अध्यक्ष केपी ओली आजदेखि सुरु भएको विधान महाधिवेशनको मञ्चमा सँगै बसे। विष्टले ओलीतिर हेरे पनि ओली भने गमक्क परिरहे।

एमालेको विधान अधिवेशन ललितपुरको गोदावरीमा चलिरहेको छ।  

असोज १५, २०७८ शुक्रबार १५:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।