ओलीलाई खोकी लागेपछि शङ्कर पोखरेलले वाचन गरे राजनीतिक प्रतिवेदन 

ओलीलाई खोकी लागेपछि शङ्कर पोखरेलले वाचन गरे राजनीतिक प्रतिवेदन 

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डको अविश्वास प्रस्तावका कारण आफू नेतृत्वको सरकार ढलेको बताएका छन्।

उनले प्रचण्ड लगायतका नेतासँग रहेको निहित स्वार्थ र अवसरवादका कारण आफ्नो सरकार ढलेको बताए। 

ओलीले एमाले नेपालको कम्युनिस्ट पार्टीको विरासत बोकेको पार्टी भएको दाबी गरे। उनले पार्टी विरुद्ध घेराबन्दी भएको बताए। गोदावरीमा सुरु विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै ओलीले तराई मधेसमा एमालेलाई प्रवेश नै गर्न नदिने असफल प्रयास भएको बताए। 

प्रतिवेदन वाचन गरिरहेका ओलीलाई बेलाबेला खोकीले लागेको थियो। बोल्दाबोल्दै खोकी लागेपछि उनले  बीचमै छोडेर शङ्कर पोखरेललाई प्रतिवेदन प्रस्तुत गर्न आग्रह गरे। अहिले पोखरेलले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन वाचन गरिरहेका छन्।

असोज १५, २०७८ शुक्रबार १५:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।