वीर अनियमितताबारे केपी ओलीले संसदमा भने- वीरमा एमआरआई मेसिन थन्किएर बसेका छन्, छानबिन गर्नूस्

वीर अनियमितताबारे केपी ओलीले संसदमा भने- वीरमा एमआरआई मेसिन थन्किएर बसेका छन्, छानबिन गर्नूस्

प्रतिनिधि सभामा बोल्दै उनले वीर अस्पतालमा थन्किएको एमआरआई मेसिनहरूबारे पनि छानबिन गर्न आग्रह गरेका छन्।

संसद्मा बोल्दै उनले भने ’ स्वास्थ्य सामाग्रीको खरिदको गर्ने भन्नुभएको छ। छानबिन गर्नुस्। दोषीलाई कारबाही गर्नुस्। अलि अगाडिबाट छानबिन गर्नुस् है। वीरमा एमआरआई मेसिन थन्किएर बसेका छन्। एयरपोर्टमा अड्किएर बसेका छन्। पहिलाका पनि छानबिन गर्नुस्।'

वीर अस्पताल र ट्रमा अस्पतालका खरिद प्रकरण र व्यवस्थापक र कर्मचारीको मिलेमतोमा चल्न सक्षम मेसिनहरू पनि कसरी थन्काएर नयाँ खरिद गरिन्छ भन्ने विषयमा उकेराले निरन्तर फलो गर्दै आएको छ। वीरमा क्यान्सरका बिरामीको उपचारका लागि ४० करोड खर्च गरेर किनेको मेसिन अहिले पनि सशस्त्र प्रहरी अस्पतालको चौरमा थन्किएको छ। एमआरआई मेसिनको तार मुसाले काटेको भनेर थन्काइएको छ।

वीर अनियमितताबारे उकेरा श्रृ‌खला

साउन २६, २०७८ मंगलबार १५:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।