देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गर्न सर्वोच्चको आदेश, साउन ३ गते ५ बजेसम्म संसद् बैठक बोलाउनु पर्ने 

देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गर्न सर्वोच्चको आदेश, साउन ३ गते ५ बजेसम्म संसद् बैठक बोलाउनु पर्ने 

काठमाडौँ : सर्वोच्चले दुई दिन भित्र प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न आदेश दिएको छ। 

सर्वोच्चले साउन ३ गते ५ बजे भित्र प्रतिनिधिसभाको बैठक बोलाएर बाँकी प्रक्रिया पुरा गर्न भनेको छ। सर्वोच्चको आदेश अनुसार असार २९ गते बेलुकी ५ बजेसम्म देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्नेछ। 

प्रधानमन्त्रीमा केपी शर्मा ओलीले विश्वासको मत नपाएको र लिन नसकेको हुँदा ओलीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार पदमा दाबी गर्नु संविधान सम्मत नदेखिएको फैसला सर्वोच्च अदालतले गरेको छ। 

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा देउवा सहितका १४९ जनाको दाबी नपुग्ने निर्णय संविधान अनुकूल नभएको ठहर गरेको छ।

राष्ट्रपतिले जेठ ८ गते भएको निर्णय र सबै काम कारबाही उत्प्रेषणको आदेशले बदर गर्दै सर्वोच्चको संवैधानिक इजलासले प्रतिनिधिसभा पुनर्स्थापना गरेको हो।

राष्ट्रपति भण्डारीले देउवाको दाबी नपुग्ने निर्णयलाई बदर गरिएको छ। अदालतले आजका मितिले २ दिन भित्र  भोलि ५ बजेभित्र प्रधानमन्त्री पदमा नियुक्त गर्न राष्ट्रपतिको कार्यालय र संसद्का नाममा परमादेश आदेश जारी गरेका हो।

सर्वोच्चले संविधानको धारा ७६ को उपधारा ५ मा सरकार गठनका लागि दलीय ह्विप नलाग्ने पनि आदेश दिएको छ। 

 

असार २८, २०७८ सोमबार १३:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।