एमालेले गर्‍यो राष्ट्रिय सभाका तीन सदस्यमा नौ जनाको सिफारिस 

एमालेले गर्‍यो राष्ट्रिय सभाका तीन सदस्यमा नौ जनाको सिफारिस 

प्रदेश कमिटीको बैठकले माघ १२ मा हुन लागेको कर्णाली प्रदेशबाट रिक्त हुने तीन जना सदस्यका लागि ९ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको सदस्य कुलमणि देवकोटाले जानकारी दिए। 

महिलातर्फ जुम्लाकी गङ्गा थापा महत, सल्यानकी कुन्ता बस्नेत, मुगुकी सोनाम छोइजुङ भोटे लामा, अन्यतर्फ सुर्खेतका चूडामणि शर्मा, जाजरकोटका गोविन्दविक्रम शाह र कालिकोटका हिरे सुनारको नाम सिफारिस गरिएको देवकोटाले बताए। 

मुगुका रूपबहादुर बुढा, कालिकोटका केशवराज देवकोटा र सल्यानका शेरबहादुर डाँगीलाई अपाङ्गतातर्फको राष्ट्रिय सभा सदस्यमा सिफारिस गरिएको उनले बताए।

पुष १६, २०७८ शुक्रबार १८:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।