किताबबाट सारेको प्रचण्डको प्रतिवेदन : म्यासिभ परिवर्तन केही हुँदैन

किताबबाट सारेको प्रचण्डको प्रतिवेदन : म्यासिभ परिवर्तन केही हुँदैन

२१ औँ शताब्दीमा समाजवादको नेपाली बाटो शीर्षकको प्रतिवेदनमा उठेका प्रश्नको जवाफ दिँदै प्रचण्डले कतिले किताबबाट सारेको पनि भनेको सुनाएका हुन्। 

‘कतिले किताबबाट सारेको पनि भने, कतिले पुरानै बाटोमा जाने भयो पनि भने’,प्रचण्डले भने,‘तर यो महाधिवेशन अरूभन्दा फरक रह्यो।’

नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन प्रज्ञा भवन कमलादीमा चलिरहेको छ। महाधिवेशनमा समूहगत छलफलको सुझाव अनुसार प्रचण्डले जवाफ दिएका हुन्। राष्ट्रिय सम्मेलनको तयारी गरेर महाधिवेशन गरेको माओवादीले पार्टीको बिचारमा छलफल गरेको छ।

प्रचण्डले प्रतिवेदन बाहिरिएकोमा असन्तुष्टि जनाएका छन्। जवाफ दिने क्रममा प्रचण्डले आगामी दिनमा गोपनीयता कायम गर्न र भने जस्तै समयमै दिने वातावरण बनाउनेमा ध्यान जाने बताए। 

२०६४ सालको चुनावमा सबै भन्दा ठुलो दल बनेको नेकपा माओवादी केन्द्रले ठुला राजनीतिक पार्टीले पनि हामीलाई हेरेका छन् भन्नु परेको सुनाए प्रचण्डले। कांग्रेस सभापति शेरबहादुर देउवाले संविधानसभा, गणतन्त्र, समावेशी, समानुपातिक, धर्मनिरपेक्षता, सङ्घीयता सबै सबै ल्याउन प्रचण्डले भूमिका खेलेको भनेर राखेको कुरालाई प्रचण्डले आफ्नो जवाफी नोटमा लेखेका छन्। 

उनले माओवादी फेरि पछाडि फर्किन्छ कि भन्ने चिन्ता नभएर सकारात्मक नै भएको बताए। प्रचण्डले आफ्नो प्रतिवेदनमा म्यासिभ परिवर्तन गर्नुपर्ने नदेखेको उल्लेख गरेका छन्। ‘सबै सबैको सुझाव समेटेर यो प्रतिवेदन तपाईँहरूले पाउनुहुन्छ’,जवाफ दिँदै प्रचण्डले भने,‘म्यासिभ परिवर्तन गर्नुपर्ने मैले देखेको छैन। तर सबै सुझाव समेटिन्छ।’  

 

पुष १६, २०७८ शुक्रबार १५:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।