सशस्त्र बक्सर सुनिताको रोडिज सपना
उनी हुन् सुनिता गायमी मगर। पेशले राष्ट्र सेवक। सशस्त्र प्रहरी बलमा कार्यरत सुरक्षाकर्मी। साहस नभई सुरक्षा फौजमा को जान्छ र। त्यो पनि अर्ध सैन्य बलमा। तर उनी त खेलाडी पनि। एपिएफ क्लबको बक्सर।
उनी भन्दा अगाडि आएका थिए सागर। पूरा नाम चैँ भनेनन् है। सागर फिटनेस ट्रेनर। पहिला सागर आएपछि जजमध्ये दिया मास्केले पुसअप गर्न लगाउँदा लगाउँदै अर्को प्रतियोगीसँग फेसअप गराउन भनेर सुनितालाई बोलाउँछिन्। दुबैलाई एक अर्का विरुद्ध भिडाउने।
पहिला पुसअपकै पालो। पुसअप गर्दा चेस्टले भुईँ छुनै पर्ने। तर सागरले कतै सुनिताले छुन सक्दैन कि भनेझैँ गर्दा जज दियाको गाली खान्छन्। केटीसँग कम्पिटिशन गर्न डराएको हो भन्दै सोध्दा हैन भन्छन्।
पुसअप राउन्डमा दुवै बराबर झैँ हुन्छन्। रोप क्लाइम्बिङ पनि राम्रो हुन्छ। जज लाहुरेले सुनितालाई बक्सिङको ट्रिक देखाउन भन्छन् फ्रि स्टायलमा। उनले मजाले देखाउँछिन्।
अब पालो छान्ने। पहिला सागरको। तोकिएको समयमा लाहुरेको मात्र बजर बज्छ। उनी त्यही टिममा जाने भए। टिम छान्ने मौका पाएनन्। दोस्रो पालो सुनिताको। सबै जजको घण्टी बज्छ। उनलाई जुन टिम मन पर्छ त्यही जाने सुविधा। सबै जजले फकाउँछन् उनलाई। तर दियालाई देखेर रोडिजमा आएको भन्दै उनी दियाकै टिममा जान्छिन्।
अन्य जज पनि खुसी नै हुन्छन्। सुरक्षा सङ्गठनबाट निजी कार्यक्रममा आउन सहज छैन पब्लिक झैँ। पक्कै उनले सङ्गठनको अनुमति लिएकै हुनुपर्छ। साहस नभए बन्दुक बोक्न को जान्छ सुरक्षा फौजमा। साहसी त पक्कै छ। उनको अडिसन राउन्डको पर्फर्मेन्स हेर्दा लामो रेसको घोडा पनि हो सुनिता। यसले दियाको टिम पक्कै बलियो बनेको छ नै।
पुष १३, २०७८ मंगलबार २३:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।