जाडो मौसममा छाला जोगाउने चार उपाय
बढ्दो चिसो मौसमसँगै छाला सुक्खा हुँदा फुट्ने र खस्रो हुने समस्या देखिन्छन्। यो बेलामा पानीको कमीका कारण समेत छालामा समस्या आउने गरेका छन्। यसबाट जोगिन तरल पदार्थ बढाउने, स्किनमा फिट हुने क्रिम या लोसन प्रयोग गर्नु राम्रो मानिन्छ। यसका अन्य उपायहरू निम्न छन् :
हिटरको प्रयोग कम गर्ने
घर र कार्यालयमा बस्दा हिटरमा बस्ने गरेको हो भने त्यसले छालाको सुख्खापन बढाउँछ। हिटरले शरीरमा रहेको पानी सोस्दा समस्या हुनसक्छ। त्यसैले कार्यालय वा घरको कोठामा हिटर राख्नुको साटो कमन रुममा राख्नु छालाको स्वास्थ्यको हिसाबले राम्रो हो।
हिटिङ मेसिनको प्रयोग गर्ने गरिन्छ भने केही समय प्रयोग गरेर कोठा न्यानो बनाएपछि बन्द गर्दा राम्रो।
चस्मा मफलर र टोपीको प्रयोग
चिसोबाट जोगिन चस्मा, मफलर अनि टोपीको प्रयोग फाइदाजनक हुन्छ। यसले शरीरलाई तातो पनि बनाउँछ अनि शरीरको छालालाई पनि जोगाउँछ। चिसोले आँखालाई समेत सुक्खा बनाउँछ। चस्मा लगाउँदा त्यसले केही मात्रामा जोगाउन सक्छ। गाडी या मोटरसाइकल चलाउने बेलामा टाउकोको वरिपरिको भाग मफलरले छोप्दा चिसोबाट जोगिन सकिन्छ नै छाला समेत जोगिन्छ।
झोल पदार्थ बढाउने
जाडो मौसममा पानी कम खाइन्छ। यसले छालालाई सुक्खा बनाउँछ नै। त्यसमा पनि झन् चिसोको प्रहार। यसबाट बच्न सकेसम्म झोल पदार्थमा जोड दिनुपर्छ। यसका लागि तातोपानी, सुपको मात्रा बढाउन सकिन्छ। दिनमा कमसेकम ३ लिटर पानी खानु राम्रो मानिन्छ।
लोसन र क्रिमको प्रयोग
चिसो मौसममा सकेसम्म क्रिम र लोसनको प्रयोग गर्दा राम्रो हुन्छ। घरमै बनाएर समेत लोसनको प्रयोग गर्न सकिन्छ। बेलाबेलामा मस्चराइज गरे राम्रो।
पुष १३, २०७८ मंगलबार १६:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।