एउटै चलचित्रका लागि प्रभास र आमिर खान लिन्छन् भारु १५० करोड, अक्षयको ११५
एजेन्सीः भारतीय चलचित्र उद्योग महँगिदै गएको छ। ठूला सेट, भिएफएक्स, लोकेसनदेखि कलाकारको 'फी'सम्म महँगो हुँदै गएको छ।
हालै सार्वजनिक भएको एक सूचनाअनुसार भारतमा एउटै चलचित्र खेलेको सबैभन्दा बढी पैसा लिनेमा दुई जना कलाकार छन्। बलिउडका आमिर खान र बलिउडलाई टक्कर दिँदै आएको दक्षिण भारतीय चलचित्र उद्योगका प्रभास हालसम्मकै सबैभन्दा बढी फी लिने कलाकार बनेका छन्।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार आमिर खानले आफ्नो चलचित्र 'लालसिंह चड्ढा'का लागि एक सय ५० करोड भारु फी लिने बताएका छन्। यो वर्ष उनको कुनै पनि चलचित्र प्रदर्शन नभए पनि 'लालसिंह चड्ढा' अप्रिल २०२२ मा रिलिज हुँदैछ।
यस्तै आमिरसँग बराबरीमा छन्- बाहुबली स्टार प्रभास। उनको पनि फी एक सय ५० करोड भारु हो। उनले 'राधेश्याम' चलचित्रको लागि यो फी लिएका हुन्।
यस्तै एक्सन स्टार अक्षय कुमारले यो वर्ष रिलिज भएका 'बेलबटम', 'सूर्यवंशी', 'अतरंगी रे' जस्ता हिट चलचित्रबाट एक सय १५ करोड भारु फी लिएको बताइएको छ। यस्तै 'भुज: द प्राइड अफ इण्डिया'मा नजर आउने अजेय देवगनले एक सय २५ करोड भारुसम्म लिएको खुलेको छ।
साउथकै सुपरस्टार जुनियर एनटीआरले पनि यो वर्ष आफूलाई अत्याधिक कमाउने अभिनेताको सूचीमा उभ्याएका छन्। जनवरी ७ बाट प्रदर्शनमा आउने उनको चलचित्र 'आरआरआर'का लागि एनटीआरले एक सय करोड भारु फी लिएको बताइएको छ।
पुष १३, २०७८ मंगलबार ११:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।