सिरिञ्ज नआएपछि खोप कार्यक्रम नै स्थगित

सिरिञ्ज नआएपछि खोप कार्यक्रम नै स्थगित

काठमाडौंः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप कार्यक्रम स्थगित गरेको छ। १२ देखि १७ वर्षसम्मका बालबालिकालाई दिने भनिएको खोप स्थगित भएको हो।

मन्त्रालयले एक सूचना निकाल्दै पुस १३ गतेदेखि बालबालिकालाई दिने भनिएको फाइजरको खोपसँगै आउनुपर्ने सिरिञ्ज नआएपछि खोप कार्यक्रम स्थगित भएको बताएको छ। काठमाडौं,भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली, चितवन, डडेलधुरा र सुर्खेत गरी ८ जिल्लामा आजबाट खोप अभियान सुरु हुँदै थियो।

मन्त्रालयले सिरिञ्ज प्राप्त हुनासाथ खोप अभियान सञ्चालन गर्ने बताएको छ। 

यसअघि नै देशभरका ५७ जिल्लामा बालबालिकाका लागि पुस ४ गतेदेखि नै मन्त्रालयले मोडर्नाको खोप अभियान सञ्चालन गरिरहेको छ।

 

पुष १३, २०७८ मंगलबार १०:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।