सिरहामा निषेधाज्ञा: भेला गर्न नपाइने, बाहिर हिँडडुल गर्न नपाइने
सिके राउत नेतृत्त्वको जनमत पार्टीले केही दिन यता जिल्लामा गरिरहेको आमहड्ताल र चक्काजामका कारण सर्वसाधारणमा जोखिम पर्न सक्ने भन्दै प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो।
निषेधाज्ञा अवधिभर बाहिर भेला हुन, हिँडडुल गर्न तथा राजनीतिक सभा तथा गतिविधि गर्न रोक लगाइएको छ। साथै यो अवधिभर राष्ट्रिय राजमार्ग भने सञ्चालन हुनेछ। यस्तै प्रशासनको सो आदेश उल्लंघन गरेमा कानून बमोजिम कारबाही गरिने पनि जनाइएको छ।
प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीका अनुसार पूर्वमा बलान खोलादेखि पश्चिममा कमला नदीसम्मको राष्ट्रिय राजमार्ग तथा लोकमार्गको उत्तर दक्षिणको ५०० मिटर आसपासका क्षेत्रमा निषेधाज्ञा लागू हुनेछ।
यस्तै चोहर्वादेखि सिरहा सडकखण्डको पूर्व पश्चिम ५०० मिटर आसपासका क्षेत्रमा पनि निषेधाज्ञा लागू हुने बताइएको छ।
पुष १३, २०७८ मंगलबार ०७:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।