१५ विधामा मध्यपश्चिम विश्व विद्यालयको ‘एमयु अवार्ड’ 

१५ विधामा मध्यपश्चिम विश्व विद्यालयको ‘एमयु अवार्ड’ 

‘विश्वविद्यालयले इतिहासमै पहिलो पटक १५ विधामा अध्ययन, अध्यापक, अनुसन्धान, प्रकाशन र विश्वविद्यालयको समग्र समुन्नतिमा योगदान पुर्याउने उद्देश्यका साथ अवार्डको व्यवस्था गरिएको छ,’ पत्रकार सम्मेलनमा उपकुलपति सिंहले भने, ‘विश्वविद्यालयमा कार्यरत प्राध्यापक तथा कर्मचारी, सुरक्षा गार्ड र अध्ययनरत विद्यार्थीलाई हौसला प्रदान गर्न यी अवार्डहरूको स्थापना गरिएका हुन्। चालु आर्थिक वर्षदेखि नै कार्यान्वयन हुन्छन्।’

सबैभन्दा बढी ५५ हजार राशिको एमयु कुलपति अवार्ड रहेको छ। त्यस्तै सङ्कायगत कार्यक्षमता अवार्ड ३ लाख ५० हजार राशिको रहेको छ। उक्त, रकम सम्बन्धित सङ्कायले शैक्षिक गतिविधिका लागि खर्च गर्नेछन् ।

एमयु कुलपति अवार्ड, एमयु पारदर्शिता र भ्रष्ट्राचार विरुद्धको उपकुलपति अवार्ड, एमयु ‘गेम चेन्ज’ एम्बेष्टर अवार्ड, उपकुलपति विद्यार्थी अवार्ड, उत्कृष्ट रिसर्चर अवार्ड, सङ्कायगत क्षेत्र अवार्ड रहेको उपकुलपति सिंहले जानकारी दिए। 

यस्तै क्याम्पस इन्स्टिच्युट र स्कुल पफर्मेन्स अवार्ड, संस्थागत स्वच्छता र सुन्दर अवार्ड, एमयु अन्तर्राष्ट्रिय प्रोफेसर अवार्ड, एमयु अन्तर्राष्ट्रिय विद्यार्थी अवार्ड, अन्तरशंकाय प्रोफेसनल अवार्ड, एमयु पङ्च्वालिटी अवार्ड, एमयु इमान्दारीता अवार्ड, खोज तथा प्रकाशन अवार्ड, उत्कृष्ट डिन अवार्ड रहेका छन् ।

विश्वका विभिन्न  प्रतिष्ठित विश्व विद्यालयका व्यक्तिहरूलाई सहभागी गराई राष्ट्रपति र प्रधानमन्त्रीबाट अवार्ड दिइने छ।

उपकुलपति सिंहले काठमाडौँमा भएको साधारण सभामा ११ लाख ५० हजार सात सय ७५ रुपैयाँ मात्रै खर्च भएको र यो अहिलेसम्मकै कम रहेको दाबी गरे।

पुष १२, २०७८ सोमबार १९:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।