प्रकाश सुवेदी- दुर्गेश मिडिया वार : दुर्गेशले भने'उहाँले मलाई हाने म पनि हान्छु'

प्रकाश सुवेदी- दुर्गेश मिडिया वार : दुर्गेशले भने'उहाँले मलाई हाने म पनि हान्छु'

काठमाडौँ : कार्यक्रम बागिनामार्फत बाथरुम सिङगरको उपनाम पाएपछि आगो भएका दुर्गेश थापा र कार्यक्रम सञ्चालक प्रकाश सुबेदीबिच सामाजिक सञ्जालमार्फत वार चलिरहेको छ। प्रकाशले दुर्गेशको आलोचना गरेपछि उनले पनि प्रकाशलाई र्यापशैलीमै जवाफ दिइरहेका छन्।

प्रकाशले आफ्नो कार्यक्रममार्फत बानिकामार्फत जवाफ दिइरहेका छन् भने दुर्गेशले सामाजिक सञ्जाल टिकटक मार्फत। लामो समयदेखि सञ्जालमा चलिरहेको यी दुवैको वार अब मिडियामा समेत आउन थालेको छ।

सुवेदीसँगको विवादबारे हालै दुर्गेशले सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफू गायक नभएर स्टेज पर्फरमर भएको भन्दै आफूलाई नारायण गोपाल, यम बराल, रामकृष्ण ढकालसँग नदाँज्न आग्रह गरेका छन्। उनले भनेका छन्' म त्यो हैसियतको मानिस नै होइनँ। मलाई नदाँज्नुस्।’

दुर्गेशले ‘कसैको कामको बारेमा टिप्पणी गर्न पाइने भए पनि कसैलाई व्यक्तिगत रूपमा होच्याउन भने नपाइने भन्दै आफू पनि धेरै सङ्घर्ष गरेर अहिलेको स्थानमा आइपुगेको बताए।

'डान्सबारमा कोरस नाच्दै चाउँचाउँ खाँदै यहाँसम्म आइपुगेको व्यक्ति हुँ। म गायक हैन भनिसके। त्यति भनिसकेपछि पनि नारायण गोपालसँग दाँजेर बाथरुम सिङगर भनेपछि रिस उठिहाल्छ नि,' उनले भने।

उनले सुवेदीप्रति लक्षित गर्दै आफूभन्दा साना भाइहरूलाई प्रोत्साहन गर्नुपर्नेमा खसालेर बोल्ने गरेपछि आफ्नो चित्त दुखेकाले टिकटकबाट जवाफ दिएको र जवाफ दिँदा सुवेदीको चित्त दुखेको भन्दै भने' मलाई खसालेर घोच्या घोच्यै गरेपछि मेरो चित्त पनि दुख्छ। उहाँको दुख्छ कि दुख्दैन भनेर चेक गरेको दुख्ने रहेछ।'

एक कार्यक्रममा सहभागी भएका उनले आफूले स्टेजमा पर्फर्मेन्सका लागि गीत गाउने गरेको बताउँदै उनले कार्यक्रममा गीत भने गाउन मानेनन्।

'मैले भन्दा उहाँलाई नि चित्त दुख्ने रहेछ। उहाँको नि मन रहेछ। मेरो पनि मन छ। मलाई पनि चित्त दुख्छ। आफूले र्यामप दिइसकेपछि उहाँले हान्नु भएन। उहाँले फेरि मलाई हाने म पनि हान्छु। मलाई सम्मान गरे । म पनि गर्छु,' उनले भने।

'कसैले घोचेको घोच्यै गरेपछि नसके पनि ढुङ्गाले हान्छ। मैले पनि त्यही गरेको हुँ,' उनले भने।

पुष १२, २०७८ सोमबार १५:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।