७ करोड लगानीमा ‘हनी बनी’ बनाउँदै दिवाकर, कलाकार अडिसनबाट छान्ने

७ करोड लगानीमा ‘हनी बनी’ बनाउँदै दिवाकर, कलाकार अडिसनबाट छान्ने

काठमाडौंः निर्देशक दिवाकर भट्टराईले ७ करोड रुपैयाँको लगानीमा 'हनी बनी' बनाउने भएका छन्। चलचित्रको सम्पूर्ण छायांकन यूकेमा हुनेछ। 

क्याप्टेन, ऐश्वर्यलगायतका फिल्म बनाइसकेका भट्टराईले शनिबार नयाँ फिल्मको घोषणा गरेका थिए। फिल्मका लागि हालसम्म कलाकारको छनोट भने भइसकेको छैन। कलाकार अडिसनबाट छान्ने तयारीमा निर्माण टीमको छ।

फिल्मको निर्मातामा अमित बस्नेत, अजित केआर थापा र परी राना रहेका छन्। चलचित्र प्रेम कथामा आधारित रहने बताएको छ।

अबको केही सातामै ‘हनी बनी’को लागि अडिसन आह्वान गरेर कलाकार छनोट गरिने निर्देशक भट्टराईले बताएका छन्। यस्तै अन्य नाम चलेका कलाकारलाई पनि फिल्ममा समावेश गरिने भएको छ। 

पुष १२, २०७८ सोमबार १०:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।