सलमानलाई तीन पटक डसेको थियो साँपले, आज जन्मदिनमा फ्यानहरू सुस्वास्थ्यको कामना गर्दै
एजेन्सीः बलिउड अभिनेता सलमान खानलाई शनिबार राति साँपले डसेको थियो। आफ्नै फार्म हाउसमा क्रिसमस मनाइरहेका सलमानलाई साँपले डसेपछि उनी अस्पताल भर्ना भएका थिए।
तर उनलाई कसरी डस्यो साँपले? भारतीय सञ्चारमाध्यमहरूका अनुसार फार्म हाउसमा आएको साँपलाई बाहिर लैजाँदा सलमानलाई साँपले डसेको थियो।
सलमानले भनेका छन्- 'मेरो फार्म हाउसमा एउटा साँप आएको थियो। त्यसलाई लौरोको सहायताले म बाहिर लैजाँदै थिएँ। तर विस्तारै त्यो मेरो हातमा आइपुग्यो। मैले हटाउनलाई समाउन खोज्दा मलाई तीन पटक डस्यो। साँप एकदमै विषालु थियो।'
साँपले डसेपछि उनी ६ घण्टा अस्पतालमा भर्ना भए। हाल उनी स्वस्थ रहेको पनि बताएका छन्।
यस्तै आज सलमानको ५६औं जन्मदिन पनि हो। सलमानको जन्मदिनको उपलक्ष्यमा भारतमा उनका फ्यानहरूले उनको सुस्वास्थ्यको कामना गरेका छन्।
पुष १२, २०७८ सोमबार १०:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।