साधुको धम्कीपछि सन्नी लियोनीको 'मधुवनमे राधिका नाचे' गीतको शब्द परिवर्तन

साधुको धम्कीपछि सन्नी लियोनीको 'मधुवनमे राधिका नाचे' गीतको शब्द परिवर्तन

एजेन्सीः पोर्न इण्डस्ट्री हुँदै बलिउड प्रवेश गरेकी नायिका सन्नी लियोनीले अभिनय गरेको गीत 'मधुवनमे राधिका नाचे'को बोल परिवर्तन हुने भएको छ। भारत उत्तर प्रदेशको मथुरामा रहेका साधुहरूले यो गीतको भिडियोलाई प्रतिबन्ध गर्न माग गरेका थिए।

योसँगै म्युजिक कम्पनी 'सारेगामा'ले विवादित भिडियोमा आपत्ति जनाइएको शब्द 'मधुवनमे राधिका नाचे'को शब्द परिवर्तन गर्ने भएका हुन्। तीन दिनभित्रै परिवर्तित शब्दसहित गीत विभिन्न प्ल्याटफर्ममा अपलोड गरिनेछ।

सारेगामाले भनेको छ- "हालसालै प्राप्त प्रतिक्रियाहरू र हाम्रा सबै देशबासीहरूको भावनालाई सम्मान गर्दै हामी मधुवन गीतको नाम र शब्द परिवर्तन गर्दैछौं। नयाँ गीत तीन दिनभित्र अपलोड गरिनेछ।"

वृन्दावनका साधु नवल गिरी महाराजले हिन्दूहरूको धार्मिक भावनामा ठेस पुगेको भन्दै भिडियो प्रतिबन्ध लगाउन सरकारसँग माग गरेका थिए। उनले सन्नी लियोनीको सीन नहटाए वा उनले माफी नमागे उनलाई देश निकाला गर्ने पनि धम्की दिएका थिए।

सन् १९६० को चलचित्र 'कोहिनूर'मा मोहम्मद रफीले गाएको गीतको यो 'रिक्रिएटेड भर्जन' हो। 

पुष १२, २०७८ सोमबार ०९:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।