सर्पले टोक्दा अस्पताल पुगेका सलमान डिस्चार्ज भए
एजेन्सी : सर्पले टोकेर अस्पताल भर्ना भएका भारतीय अभिनेता सलमान खान डिस्चार्ज भएका छन्। फार्म हाउसमा गएका उनलाई सर्पले टोकेपछि उनलाई मुम्बइको एक अस्पतालमा भर्ना गरिएको थियो।
पनवेलमा रहेको उनको फार्म हाउसमा गएको बेलामा उनलाई सर्पले टोकेको थियो। तत्काल अस्पताल भर्ना गरिएका उनी ६ घण्टा उपचारका लागि अस्पतालमा बसेपछि डिस्चार्ज भएका छन्।
उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।
पुष ११, २०७८ आइतबार २२:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।